९ पुस, रोल्पा । किसानलाई रोल्पा नगरपालिकाले ४० वटा उन्नत जातको मुर्रा भैँसी उपलब्ध गराएको छ ।
व्यावसायिक दूध उत्पादन गरी किासनलाई स्वरोजगार बनाउनुका साथै भैँसी पकेट क्षेत्रको रुपमा विकास गर्नका लागि किसानलाई लागत साझेदारीमा ५० प्रतिशत अनुदानमा भैंसी प्रदान नगरपालिकाले जनाएको छ ।
किसानका मागका आधारमा वडा छनोट गरी भैँसी वितरण गरिएको रोल्पा नगरपालिका नगर प्रमुख सुरेन्द्र थापा घर्तीले बताए ।
किसानले उत्पादन गरेका दुधलाई नगरपालिका आफै खरित गर्ने तयारी समेत गरेको छ । किसानसँगको साझेदारीमा वडा नं ३ र ४ का ४० जना किसानलाई १ लाख बढीका भैँसी प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।
प्रकाशित मिति : २०७९ पुष ९ गते शनिवार


