
१० पुस, एजेन्सी। फ्रेन्च क्लव पेरिस सेन्ट जर्मेन (पीएसजी)ले मुख्य प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेको छ ।
बुधबार राति स्ट्रासबर्गमाथि ४–० को जित निकालेका टुचेललाई केही घण्टामै पीएसजीले बर्खास्त गरेको हो ।
जित निकाल्दै पीएसजीले शीर्ष स्थानको लियोनसंगको दूरी घटाएको थियो ।
स्काई जर्मनीका अनुसार पीएसजीका खेल निर्देशक लियोनार्दोले आफ्ना प्रशिक्षकलाई बर्खास्त गरिएको जानकारी दिएका छन् ।
टुचेलकै नेतृत्वमा पीएसजीले चार महिना अघि च्याम्पियन्स लिगको फाईनलमा स्थान बनाएको थियो ।
क्लबले तीन हप्ताको विश्रामअघि प्रशिक्षक टुचेललाई बिदा दिएको हो ।
प्रकाशित मिति : २०७७ पुष १० गते शुक्रवार