१०पुस, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।
पौडेलविरुद्ध नेकपाको प्रचण्ड–माधव नेपाल समूहका ४५ नेताले हस्ताक्षर गरी अविश्वासका प्रस्ताव दर्ता गराएका छन् । पौडेल केपी ओली समूहमा छन् ।केन्द्रमा नेकपा दुई टुक्रा भएपछि त्यसको असर प्रदेश सरकारमा पर्न थालेको हो ।
त्यस्तै बागमती प्रदेशका तीन मन्त्रीले राजीनामा दिएका छन् । नेकपाको प्रचण्ड–माधव समूहका तीन मन्त्रीले शुक्रबार राजीनामा दिएका हुन् ।
राजीनामा बुझाउनेमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेल र सामाजिक विकासमन्त्री युवराज दुलाल छन् ।
प्रकाशित मिति : २०७७ पुष १० गते शुक्रवार