
१० पुस,पाङ। रोल्पाको लुंग्री गाउँपालिका वडा नंं १ पाङमा शुक्रवार सरोकारवालाहरुको संयुक्त अनुगमन गरिएको छ ।
मानव अधिकार सचेतन केन्द्र नेपाल ९हुरेक०द्धारा संचालित सिड्स परियोजनाको प्रभावकारीता मूल्यांकन गर्न सो अनुगमन गरिएको हो ।
अनुगमन कार्यक्रममा लुंग्री गाउँपालिका अध्यक्ष दुर्गाबहादुर खड्का, उपाध्यक्ष भीमकला बुढाथोकी,प्रमुख प्रशाकीय अधिकृत वद्रीप्रसाद शर्मा वाग्ले, लुंग्री गाउँपालिका वडा नं. १ का वडाध्यक्ष मति पुन, बालबालिका तथा जेष्ठनागरिक शाखा प्रमुख कल्पना सुवेदी, मानव अधिकार सचेतन केन्द्र रोल्पाका कोषाध्यक्ष शुभद्रा रेग्मी, पत्रकार महेश न्यौपाने, हुरेक सास कार्यक्रम संयोजक सुन्दर पोख्रेलको उपस्थिति रहेको थियो ।
हुरेक नेपालले संचालन गरेको सास परियोजना अन्तर्गत विभिन्न गतिविधिहरुको अनुगमन गरिएको थियो ।अनुगमन क्रममा अपांगता भएका कृषक रणबहादुर बिष्टको व्यवसायिक टमाटर खेती, बोङबाङ लालीगुराँस टोल विकास संस्थाद्धारा निर्मित सामुदायिक भवनको अनुगमन तथा अन्तरक्रिया, मावि पाङको इसिडि बसाई व्यवस्थान अनुगमन तथा जलजला ग्राजुएट फोरमका सदस्यहरुसँग अन्तरक्रिया गरिएको थियो ।
अनुगमनका क्रममा लुंग्री गाउँपालिका अध्यक्ष दुर्गाबहादुर खड्काले बोङबाङ लालीगुराँस टोल विकास संस्था लगायत गाउँपालिका अन्य वडाहरुमा गठन गरिएका टोलविकास संस्थाहरुलाई कार्यविधि बनाएर दर्ता प्रक्रियामा लैजान सहजीकरण गर्ने बताएका थिए ।
बोङबाङ लालीगुराँस टोल विकास संस्थाले संस्थागत विकासमा गरि रहेको प्रगतीको प्रशंसा गर्दै थप संस्थागत विकासका लागी गाउँपालिकाले यसै वर्ष भित्र ५ लाख बराबरको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । सो संस्थाले हुरेक नेपालको रु १ लाख ५० हजार आर्थिक सहयोगमा २ कोठे सामुदायिक भवन निर्माण गरेको छ ।
सो संस्थाले बालबिवाह न्यूनिकरण, सरसफाई तथा जाँडरक्सी जुवा ताँस नियन्त्रणका लागि तयार गरेको कार्ययोजना समेत प्रस्तुत गरेको थियो ।अनुगमन टोलीले जलजला सम्वाद ग्राजुएट फोरमका किशोर किशोरीसँग पनि अन्तरक्रिया गरेको थियो ।
अन्तरक्रिया अघि फोरमको तर्फबाट समस्या स्तरीकरण, उपलब्धी तथा चालु आर्थिक वर्षको कार्ययोजना प्रस्तुत गरेका थिए ।
फोरमले पहिचान गरेका १० समस्या मध्ये मुल समस्याको रुपमा बालबिवाह औल्याउदै न्यूनिकरणको कार्ययोजना समेत प्रस्तुत गरेको थियो । फोरमले प्रस्तुत गरेको कार्ययोजना माथि अतिथि तथा सहभागि वीच अन्तरक्रिया भएको थियो ।
अन्तरक्रियाका क्रममा गाउँपालिका अध्यक्ष दुर्गाबहादुर खड्काले लुंग्री गाउँपालिका वडा नंं १ को बालबिवाह न्यूनिकरणको चेतनामुलक कार्यक्रम संचालन गर्न रु १ लाखको प्रस्ताव पेश गर्न फोरमलाई आग्रह गरे।
अन्तरक्रिया कार्यक्रममा गाउाँपलिका उपाध्यक्ष भिमकला बुढाथोकीले फोरमको कामको सह्राना गर्दै यसलाई दीगो ढंगले संचालन गर्न आग्रह समेत गरे ।