१० पुष, सुलिचौर । जनएकता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औँ वार्षिक साधारणसभा तथा चौथौँ अधिवेशन शनिबार सम्पन्न भएको छ ।
रोल्पाको सुलिचौरमा सम्पन्न सभाको उद्घाटन गर्दै प्रमुख अतिथि सुनिलस्मृति गाउँपालिका ४ का वडा अध्यक्ष गन्जबहादुर क्षेत्रीले सरकारीहरू सरकारको नीति–नियमअनुसार चल्न आवश्यक रहेको बताए । पछिल्लो समयमा सहकारी संघसंस्थाले देशको आर्थिक समृद्धिका लागि ठूलो टेवा पुऱ्याएको उनले बताए ।

सहकारीले गरिबी न्यूनीकरण र समग्र आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुऱ्याएको बताउँदै सहकारीका सदस्य, सञ्चालक र यसमा आबद्ध कर्मचारीहरुले सहकारी संस्थालाई आफ्नै सम्झेर कर्तव्य निर्वाह गुर्नपर्नेमा जोड दिए ।

संस्थाका अध्यक्ष आकाश गिरीले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीले उत्कृष्ट बाल बचत कर्ताका रुपमा सुनिलस्मृति ३ मिझिङका राजन थापा, उत्कृष्ट ऋणी सदस्यको रुपमा सुनिलस्मृति ४ सुलिचौरका सीता पुन र उत्कृष्ट नियमित बचत कर्ताको सुनिलस्मृति ४ सुलिचौरका विजयकुमार पाण्डेलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रमामा जिल्ला सहकारी संघका सचिव फत्तेप्रचण्ड घर्तीमगर, जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका सचिव केशरकुमार बिष्ट, नागरिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रकाश घर्तीमगर, एकता महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रीतादेवी थापा, चेतना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दीपेश बिष्ट र समाजसेवी ओविलाल बिष्टले शुभाकामना मन्तव्य दिएका थिए ।

संस्थाका उपाध्यक्ष विपना घतीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रतिभा सुनारले गरेकी थिए ।







