जनएकता सहकारीले गर्‍यो बाल बचतकर्ता थापालाई सम्मान

१० पुष, सुलिचौर । ‘समुदायको पहिलो रोजाई’ भन्ने मुलनारा सहित रोल्पा सुनिलस्मृति गाउँपालिका ४ सुलिचौरमा सञ्चालित जनएकता बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुलिचाैरले बाल बचतकर्ता राजन थापालाई सम्मान गरेको छ ।

सहकारीले आफ्नो को १० औँ वार्षिक साधारणसभा तथा चौथौँ अधिवेशनमा बाल बचतकर्ता थापालाई फुलमाला लगाई दोसल्ला ओढाए र सम्मानपत्र प्रदान गरी सम्मान गरेकाे हाे ।

बाल बचतकर्ता थापाले नियमित रुपमा बचत गरी रहेकाले सम्मान गरेकाे सहकारीले जनाएको छ । सम्मानीत हुने बाल बचतकर्ता थापा सुनिलस्मृति ३ लम्पुजाका हुन् ।

त्यसै गरी सहकारीले उत्कृष्ट ऋणी सदस्यको रुपमा सुनिलस्मृति ४ सुलिचौरका सीता पुन र उत्कृष्ट नियमित बचत कर्ता सुनिलस्मृति ४ सुलिचौरका विजयकुमार पाण्डेलाई फुलमाला लगाई दोसल्ला ओढाए र सम्मानपत्र प्रदान गरी सम्मान  गरिएको थियो ।

प्रकाशित मिति : २०७८ पुष १० गते शनिवार
प्रतिक्रिया दिनुहोस