जनएकता सहकारीकाे अध्यक्षमा पुनः गिरी

१० पुष, सुलिचौर । जनएकता बचत तथा ऋण सहकारी संस्था लि. सुलिचौरको अध्यक्षमा पुनः आकाश गिरी चयन भएका छन् ।

शनिबार सुलिचौरमा सम्पन्न सहकारीको १० औँ वार्षिक साधारणसभा तथा चौथौँ अधिवेशनको बन्द सत्रले गिरीलाई पुनः अध्यक्षमा चयन गरेको हो ।

सहकारी संस्थाका उपाध्यक्षमा विपना घर्ती, सचिवमा सुरज घर्ती, कोषाध्यक्षमा भुपेश गिरी र सदस्यहरुमा टेके विष्ट, कमलाकुमारी गिरी र शान्ती विकलाई चयन गरेको छ ।

प्रकाशित मिति : २०७८ पुष १० गते शनिवार
प्रतिक्रिया दिनुहोस