लेखा समितिको संयोजकमा घर्ती

१० पुष, सुलिचौर । जनएकता बचत तथा ऋण सहकारी संस्था लिं सुलिचौरको लेखासमतिको संयोजकमा हुकुमबहादुर घर्ती चयन भएका छन् ।

शनिबार सम्पन्न सहकारीको १० औँ वार्षिक साधारणसभा तथा चौथौँ अधिवेशनको बन्द सत्रले घर्तीलाई संयोजकमा चयन गरेको हो ।

संयोजक घर्ती सुनिलस्मृति गाउँपालिका ३ मिझिङका हुन् ।

समितिको सदस्यहरुमा रेगबहादुर बिष्ट र पदमा रोकालाई चयन गरेको छ ।

प्रकाशित मिति : २०७८ पुष १० गते शनिवार
प्रतिक्रिया दिनुहोस