प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु

११पुस,दाङ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता दाङको देउखुरीमा आजदेखि सुरु हुँदैछ ।

प्रतियोगितामा ७ प्रादेशिक टोलीसँगै विभागीय टोली एपीएफको सहभागिता रहनेछ ।

प्रतियोगिताको आवश्यक सबै तयारी पूरा भइसकेको लुम्बिनी प्रदेश क्रिकेट संघले जानकारी दिएको छ ।

आजको उद्घाटन खेलमा लुम्बिनी र प्रदेश नम्बर २ खेल्दैछन् ।

 

प्रकाशित मिति : २०७७ पुष ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस