ओलीले ज्ञानेन्द्रकै शैली पछ्याए : डा.भट्टराई

फाइल फाेटाे

११पुस, काठमाडौं । जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् विस्तार र पुनर्गठन गरेर पूर्वराजा ज्ञानेन्द्रकै शैली पछ्याएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

भट्टराईले ओली आफैं असंवैधानिक ढंगले संसद विघटन र चुनावको घोषणा गर्ने अनि सडकबाट मान्छे टिपेर मन्त्रीमण्डल विस्तार र पुनर्गठन गर्ने कहाँको विधि र परम्परा हो भनी प्रश्न गरेका छन् ।

प्रकाशित मिति : २०७७ पुष ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस