
११ पुस काठमाडौं ।राष्ट्रिय परिक्षा बोर्डले कोरोना भाइरस संक्रमित भई कक्षा १२ को परीक्षाबाट बन्चित भएका विद्यार्थीहरूका लागि परीक्षा तालिका सार्वजनिक भएको छ ।
छुटेका विद्यार्थीका लागि राष्ट्रिय परीक्षा बोर्डले १६ पुसदेखि २३ पुससम्म परीक्षा सञ्चालन गर्न लागेको हो । परीक्षा विहान १० बजेदेखि साढे ११ बजेसम्म सम्बन्धि विद्यालयमै सञ्चालन हुने बोर्डले जनाएको छ।
यसपटकको परीक्षामा सहभागी नहुनेहरूका लागि फेरी अर्को परीक्षाको व्यवस्था नगरिने बोर्ड जनाएको छ ।
परीक्षा गत ९—१६ मंसिरमा सञ्चालन गरिएको थियो ।
प्रकाशित मिति : २०७७ पुष ११ गते शनिवार