रोल्पामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ७ जना घाइते

११पुस, राेल्पा ।  रोल्पामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सदमुकाम लिबाङबाट माडी गाउँपालिका ५ भाबाङ सरुवाका लागि छुटेको लु १ ज १९३८ बोलेरो जिप शनिबार दिउँसो दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएकी माडी गाउँपालिका भाबाङ काजबाङकी अन्दाजी ३५ वर्षीय जीवनमाया परियारको मृत्यु भएको छ । उनको उपचारको क्रममा रोल्पा अस्पताल रेउघा ल्याउँदैगर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरिक्षक नरेश सुवेदीले जानकारी दिएका छन् ।

दुर्घटनामा अन्य ७ जना घाइते भएका छन् । घाइतेहरुको अवस्था सामान्य रहेको छ । उनीहरुको रोल्पा अस्पताल रेउघामा उपचार भइ रहेकोको प्रहरी नायब उपरिक्षक सुवेदीले बताए ।

प्रकाशित मिति : २०७७ पुष ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस