
१२पुस, काठमाडौँ । प्रदेश १ का थप तीन जना मन्त्रीले पदबाट राजीनामा दिएका छन् । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएका हुन् ।
नेकपा विभाजनसँगै मुख्यमन्त्री शेरधन राईले शनिबार आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोलाई पदमुक्त गरेका थिए ।
प्रदेश सभामा रहेको ९३ सदस्यमध्ये नेकपाका ६७ जना रहेका छन् । यस्तै कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १÷१ जना प्रदेशसभा सदस्य छन् । नेकपाका ६७ मध्ये पूर्व एमालेका ५१ र पूर्व माओवादीका १६ प्रदेशसभा सदस्य हुन् ।
प्रकाशित मिति : २०७७ पुष १२ गते आइतवार