प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी

१२ पुस, काडमाडौँ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी थालिएको छ ।

प्रदेश १ का तीन मन्त्रीले  राजीनामा दिएका छन् । प्रचण्ड नेपाल पक्षले राजीनामा दिएपछि मुख्यमन्त्री राईको सरकार अल्पमतमा परेको छ। प्रदेश १ को प्रदेश सभामा ९३ सदस्य छन्।

जसमध्ये नेकपाका ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका तीन, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एकएक जना छन्। नेकपाका ६७ सदस्यमध्ये पूर्वएमालेका ५१ र पूर्वमाओवादीका १६ जना छन्।

बहुमतका लागि ४७ जना सांसद आवश्यक पर्छ। तर, अब मुख्यमन्त्री राईसँग २० जना मात्रै सांसद रहनेछन्। प्रचण्ड–नेपाल पक्षले आफूसँग ४७ जना रहेको दाबी गरेका छन्।

प्रकाशित मिति : २०७७ पुष १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस