
१२पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनपछि पुनर्गठन भएको मन्त्रीमन्डलमा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका दावा लामाले आइतबार पदभार ग्रहण गरेका छन् ।
सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा नवनियुक्त मन्त्री लामाले पदभार ग्रहण गर्दै खेल क्षेत्रका विज्ञ र खेल क्षेत्रमा जीवन बिताएका खेलाडीसँग परामर्श गरेर अघि बढ्ने बताए ।
उनले खेलकुद क्षेत्रमा परिणाममुखी योजनाका साथ काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
प्रकाशित मिति : २०७७ पुष १२ गते आइतवार