१३पुस, काठमाडौं । अमेरिकामा कोरोना संक्रतिको संख्या एक करोड ९५ लाख नाघेको छ । वल्डोमिटर्सको तथ्यांक अनुसार अमेरिकामा एकैदिन एक लाख २१ हजार ३३ जनामा संक्रमण देखिएको छ ।
यसरी अमेरिकामा कोरोना कुल संक्रमितको संख्या एक करोड ९५ लाख ६२ हजार ९ सय ९७ पुगेको छ ।
त्यस्तै अमेरिकामा कोरोना संक्रमणबाट एकैदिन ११ सय ९१ जनाको मृतयु भएको छ । यसरी अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन लाख ४१ हजार १ सय १४ पुगेको छ ।
त्यस्तै अमेरिकाा एक करोड १४ लाख ८६ हजार १ सय २१ जना संक्रमित उपचारपछि निको भएका छने भने ७७ लाख ३५ हजार ७ सय६२ जना उपचाररत छन् ।
प्रकाशित मिति : २०७७ पुष १३ गते सोमवार