१३ पुस, काठमाडौं । त्तरी छिमेकी चीनले जारी चिनियाँ कम्युनिष्ट पार्टी, अन्तर्राष्ट्रिय विभागको प्रतिनिधि मण्डलको नेपाल भ्रमण आपसी राजनीतिक विश्वास बढाउन तथा आपसी मित्रतालाई मजबुत बनाउनका लागि केन्द्रित भएको तर कुनै हस्तक्षेपका लागि नभएको स्पष्ट पारेको छ ।
सोमवार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियाले चीन–नेपालका सबै राजनीतिक दलहरुसँग मित्रवत् सम्बन्धमा रहेको बताए । उनले चिनियाँ कम्युनिष्ट पार्टी अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिमा प्रतिबद्ध रहेको बताए ।
चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपविदेशमन्त्री गुओ येचौ नेतृत्वको प्रतिनिधिमण्डल महामारी नियन्त्रण र अन्य चासोका विषयमा केन्द्रित रहेर काठमाडौं पुगेको उनले बताए ।
आइतबार नेपाल भ्रमणमा आएको चिनियाँ कम्युनिष्ट पार्टीको टोलीले राष्ट्रपति, प्रधानमन्त्री,सभामुख, विभाजित नेकपाका अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालसँग भेटवार्ता गरेको छ । टोली बुधवारसम्म काठमाडौंमा रहने बताइएको छ ।
भेटमा चिनियाँ टोलीले नेकपा विभाजन दुर्भाग्यपूर्ण भन्दै एकतामै फर्किन दुवै पक्षका नेताहरुलाई सुझाव दिएको छ ।