चिनियाँ प्रतिनिधिमण्डल र डा. बाबुराम भट्टराई बीच भेटवार्ता

१३ पुस, काठमाडौं। नेपाल भ्रमणमा रहेको चिनियाँ उपमन्त्रीको टोलीले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईसँग भेटवार्ता गरेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ यैचोको टोलीले डा। भट्टराईसँग सोमबार साँझ उनकै निवास टोखामा भेटेको हो ।

उपमन्त्री गुओ यैचोले सन् २०१५ मा तिब्बत जाने क्रममा चेङ्दुमा भएको भेटको स्मरण गर्दै पुनः भेट्न पाउँदा खुशी व्यक्त गरेका थिए ।

उपमन्त्री गुओ यैचोले आफूहरु २०२१ मा चीनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको एक सय वर्ष पुग्ने सन्दर्भमा नेपाल आएको बताए ।

 

प्रकाशित मिति : २०७७ पुष १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस