१४ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाखपछि केपी शर्मा ओली प्रधानमन्त्री नरहने दाबी गरेका छन् ।
ओलीले चुनाव गर्न मध्यावधि घोषणा नगरेको भन्दै उनले भ्रममा नपर्न आग्रह गरे ।
चुनाव हुन्छ भन्नेमा स्वयंम केपी शर्मा ओलीलाई भरोसा नभएको आफूले थाहा पाएको उनले बताए । उनले अघि भने, ‘चुनाव त हुँदैन, जबरजस्ती लैजाने भन्ने उहाँहरुको योजना छ ।’
बहुमत छोडेर दुर्घटना गराउनेले चुनाव गराउँछन् भन्ने ठान्नु गल्ती हुने उनले बताए ।
प्रकाशित मिति : २०७७ पुष १४ गते मङ्गलवार