मुख्यमन्त्री राईद्वारा प्रचण्ड–नेपाल समूहका १५ सांसद निलम्बित

फाइल फाेटाे

१६पुस, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पार्टी विधान विपरित काम गरेको भन्दै प्रचण्ड–माधव समूहका १५ जना प्रदेशसभा सदस्यलाई कारबाही गरेका छन् ।

मुख्यमन्त्री राईले उनीहरुलाई तीन महिनाका लागि निलम्बन गरी अनुशासनको कारबाही गरेका हुन् ।

पत्रमा संसदीय दलको सदस्य भएको अवस्थामा दलका नेतालाई नसोधी र कुनै जानकारी नगराई प्रदेशसभा समक्ष अविश्वासको प्रस्तावमा सही गरेको र अनुशासनको पालना नगरेकाले सोधिएको स्पष्टिकरणको जवाफसमेत नदिएकाले अगामी तीन महिनासम्म दलको कुनैपनि क्रियाकलापमा भाग लिनबाट वञ्चित गरिएको उल्लेख छ ।

प्रकाशित मिति : २०७७ पुष १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस