
१६पुस, काठमाडौं । बिहीबार थप ५३४ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।
६ हजार नमुना परीक्षण गर्दा १९६ महिला र ३३८ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९३ पुगेको छ ।
त्यस्तै कोरोनाका कारण थप ९ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरानाबाट मृत्यु हुनेको संख्या १८ सय ५६ पुगेको छ ।
नेपालमा थप ४४७ जना कोरोनामुक्त भएका छन् भने हालसम्म २ लाख ५२ हजार ३९९ जना कोरोनामुक्त भएका छन् ।
नेपालमा हाल ६ हजार ३ सय ७८ जना आइशोलेशनमा रहदा ३६२ जना क्वारेन्टाइनमा रहेकाछन् । नेपालमा हालसम्म १९ लाख ३२ हजार ४७७ वटा पिसिआर परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : २०७७ पुष १६ गते बिहिवार