कैलालीमा कालो ढुसीको संक्रमणबाट एक जनाको मृत्यु

२०जेठ,कैलाली । जिल्ला धनगढीस्थित सेती प्रादेशिक अस्पताललमा उपचाररत एक जनाको म्यूकोर्माइकोसिस (कालो ढुसी) संक्रमितबाट मृत्यु भएको छ।

जेठ १७ गतेदेखि अस्पतालमा उपचाररत कैलालीको बर्दगोरियाका गाउँपालिका—६ तुलसीपुरका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो।

उनको आज बिहान मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस