सुकीलाई भ्रष्टाचारकाे गम्भीर मुद्दा, अदातलमा ७ आरोप सामना गर्दै

२८जेठ,म्यान्मार । म्यान्मार सैन्य हिरासतमा रहेकी अपदस्थ राज्य सल्लाहकार आङ सान सुकीलाई फसाउन ‘जुन्ता’ प्रशासनले भ्रष्टाचारकाे मुद्दा दर्ता गरेको छ।

प्रजातन्त्रवादी नेत्री सुकीलाई भ्रष्टाचार निवारण धारा (५५)काे आडमा नगद र सुन लिएको गम्भीर आरोप लगाउँदै मुद्दा दर्ता गरिएकाे सैनिकले विज्ञप्तिमार्फत् जानकारी दिएकाे छ।

सैनिक जुन्ताले उनीविरूद्ध अहिलेसम्म सातवटा मुद्दा दर्ता गरेकाे र मुद्दा दर्ता गरिएकाे अदालत कुन हाे भन्ने जानकारीमा नभएकाे वकील मिन मिन साेले बताएकी छन्।

बनावटी भ्रष्टाचारकाे मुद्दाविरूद्ध डटेर अदालतमा बहस गर्ने र त्यसका लागि राम्राेसँग पूर्वतयारी गर्ने गर्ने वकील साेले बताईन्।

सैन्यकाे स्राेतका अनुसार नेत्री सुकीसँगै नेपिडाेका मेयर तथा काउन्सिल अध्यक्ष डा. मयाेआऊ, उपमेयर येमिन ऊ र विकास केन्द्र समितिका मिन तू–लगायतलाई भ्रष्टाचारकाे मुद्दा दर्ता गरिएकाे छ।

यसअघि उनीविरूद्ध अवैध ढंगले सञ्चार–सेट आयात गरेकाे र अशान्ति फैलाएकाे आरोपमा मुद्दा दर्ता गरेकाे थियाे।

नेशनल लिग फर डेमोक्रेसी पार्टीले सुकीलगायतका नेतालाई सैनिक तानाशाहले फसाउन आरोप लगाएको स्पष्ट पारेकाे छ। विएल नेपाली सेवा

प्रकाशित मिति : २०७८ जेष्ठ २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस