फाइल फाेटाे
३१ जेठ, काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३९६ जना, भक्तपुरमा ६६ जना र ललितपुरमा १४५ जना कोरोना संक्रमित भेटिएका छन् ।
सोमबार देशभर थप २९१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा ५३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
प्रकाशित मिति : २०७८ जेष्ठ ३१ गते सोमवार


