सुनिलस्मृति गाउँपालिकाद्वारा धान दिवसको अवसरमा कृषकलाई सम्मान

१५असार, रोल्पा । सुनिलस्मृति गाउँपालिकाले १८ औँ राष्ट्रिय धान दिवसको अवसरमा कृषकलाई सम्मान गरेको छ ।

राष्ट्रिय धान दिवसको अवसरमा गाउँपालिका भित्रका उत्कृष्ट ११ जना कृषकलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा, बाख्रा पालनमा वडा नं ४ का नेत्र बहादुर महरा, वडा नम्बर ६ का रुद्रबहादुर थापा, तरकारी खेतीमा वडा नम्बर ६ का इन्द्रबहादुर थापा, वडा नम्बर ७ का टेकबहादुर पुन, वडा नम्बर ४का रुपलाल महरा, वडा नम्बर ८ का गीरबहादुर घर्तीमगर, खाद्यान्न बालिमा वडा नं २ का गिरीराज गिरी, च्याउ खेतीमा वडा नं ३ मिझिङका भुन्टे विष्ट, वडा नं ४ का कुमारी पुनमगर, फलफुल खेतीमा वडा नं ५ का टुकबहादुर खत्री, बङ्गुर पालनमा वडा नं ४ का नमराज घर्तीमगरलाई नगत र प्रमण पत्र प्रदान गरी गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले सम्मान गरेकको पे्रस संयोजक आषिश क्षत्रीले बताएका छन् ।

प्रकाशित मिति : २०७८ असार १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस