अफगानिस्तान: सुरक्षा कारवाहीमा ६९ तालिवानको मृत्यु

२५असार,काठमाडौँ । अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारबाहीमा परि थप ६९ जनाको मृत्यु भएको छ।

सुरक्षाकर्मीहरुले तालिबान लडाकूहरुविरुद्ध गरेको सुरक्षा कारबाहीका क्रममा उनीहरु मारिएका हुन। मारिएका सवै तालिबान लडाकू नै भएको दाबी गरिएको छ।

सुरक्षा कारबाहीका क्रममा अरु २३ जना घाइतेसमेत भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।

प्रकाशित मिति : २०७८ असार २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस