मिझिङ आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन

१ भदौ, मिझिङ । मिझिङ आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन गरीएको छ ।

सुनिलस्मृति गाउँपालिका वडा नम्बर ३ मिझिङमा गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले भवनको उद्घाटन गरेका हुन् ।

भवन उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बागमति क्षेत्रीनी सभागिता रहेको कार्यक्रमको अध्यक्षता वडा नम्बर ३ का वडा अध्यक्ष गिरबहादुर विष्टले गरेका थिए ।

त्यसैगरी गाउँपालिकाले वडा नम्बर ६ गजुलमा सुनौलौ हजार दिनका गर्भवती महिला, २ वर्ष मुनिका बालबालिकाहरुलाई पोषिलो खाना तथा सामग्री वितरण समेत गरेको छ ।

प्रकाशित मिति : २०७८ भाद्र १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस