राजनीतिमा एकअर्कालाई खुल्याउने काम बन्द गरौँ : केसी

१० मंसिर, चितवन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाली राजनीतिमा देखिएको एकअर्कालाई खुल्याउने प्रवृत्ति बन्द गर्नुपर्ने बताएका छन् ।

चितवनमा आयोजित एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले सबै राजनीतिक दलहरूको संघर्षले प्राप्त राजनीतिक उपलब्धि रक्षाका लागि दलहरूबीच खुल्याउने कार्य बन्द गर्नुपर्ने बताए ।

देश र जनताका लागि पनि राजनीतिक दलबीच एकताबद्ध भएर संघीयता र गणतन्त्रको रक्षा गर्नुपर्नेमा उनको भनाइ छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस