थप २४४४ जनामा कोराना संक्रमण

२७पुष, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २४४४ जनामा कोरोना भाइरस संक्रमण भएको छ।

१४ हजार ३३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १९८१ तथा एन्टिजेन विधिबाट ४६३ जनामा सङ्क्रमण पुष्टि भएको हो।

यस अवधिमा संक्रमणबाट एक जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३१३ जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित मिति : २०७८ पुष २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस