१५माघ,रोल्पा । राष्ट्रिय जनमोर्चा समन्वय समितिको अध्यक्षमा कृष्णराज पौडेल चयन भएका छन् ।
शनिबार भर्चुअल माध्यमबाट सम्पन्न राष्ट्रिय जनमोर्चाको विशेष राष्ट्रिय भेलाबाट निर्वाचित राष्ट्रिय जनमोर्चा केन्द्रिय समन्वय समितिका अध्यक्ष कृष्णराज पौडेल, उपाध्यक्षहरु चिन्तामणि पौडेल, सुर्या थापा र सुरेन्द्र भण्डारी, महासचिव लालबहादुर जाग्री, कोषाध्यक्ष ओमबहादुर केसी र सचिब गौरीलाल कार्की चयन भएका छन्
भेलाले ५१ सदस्यीय केन्द्रिय समिति चयन गरेको समन्वय समितिले जनाएको छ ।
यसअघि मुलपार्टी नेकपा मसालबाट नेकपा मसाल समन्वय समितिको केन्द्रीय समिति बनेको छ भने राष्ट्रिय जनमोर्चाको पनि समन्वय समिति बनाएको हो ।
प्रकाशित मिति : २०७८ माघ १५ गते शनिवार


