प्राइमलाइफको अभिमुखिकरण कार्यक्रम सम्पन्न

१५माघ, लिबाङ । प्राइम लाइफ इन्सोरेन्स कम्पनी लिमिटेड लिबाङ रोल्पाका अभिकर्ताहरुलाई जीवन विमा सम्बन्धि अभिमुखिकरण कार्यक्रम लिबाङमा सम्पन्न भएको छ ।

अभिमुखिकरण कार्यक्रमको सहजिकरण प्राइमलाइफ इन्सोरेन्सका लुम्बिनी प्रदेश प्रमुख विकास अधिकारीले गरेका थिए । उनले अभिकर्ताहरुलाई विमाका बारेमा जानकारी दिएका थिए ।

नागरिकहरु जीवन विमाको पहुँचमा पुग्न नसकेको बताउँदै अभिकर्ताहरुलाई सक्रिय भूमिका निर्वाह गर्न नागरिकलाई विमामा आवद्ध गराउन आग्रह गरे ।

प्रकाशित मिति : २०७८ माघ १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस