सिँचाइ पोखरीमा डुबेर बालकको मृत्यु

सांकेतिक तस्विर

१फागुन, रोल्पा । रोल्पाको सुनिलस्मृती गाउँपालिका–३ खारा स्थित सिँचाई पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ ।

सुनिलस्मृतिगाउँपालिका–२ खुङ्ग्रीका कृष्ण गिरीको ५ वर्षीय छोरा निर्मल गिरीको हिजो साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।

आमासँग मामाघर आएको बेला मामाघर नजिकै रहेको सिँचाई पोखरीमा डुबेर बालकको मृत्यु भएको जिल्लाप्रहरी कार्यालय रोल्पाका डिएसपी विनोद घिमिरेले बताए ।

प्रकाशित मिति : २०७८ फाल्गुन १ गते आइतवार
प्रतिक्रिया दिनुहोस