पलविरुद्ध उजुरीपछि समीक्षाले गरिन् मेडिकल चेकअप

११ फागुन, काठमाडौं । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी दर्ता गराएकी गायिका समीक्षा अधिकारीले मेडिकल चेकअप गरेकी छन्।

अधिकारीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएकी छन्। त्यस लगत्तै उनले मेडिकल चेकअप गरेकी हुन्।

एउटा म्यूजिक भिडियोको सुटिङका क्रममा तनहुँ गएका बेला शाहले फकाएर आफूमाथि करणी गरेको उनको आरोप छ। १८ वर्षभन्दा कम उमेरकी अधिकारीले शाहले आफूमाथि फकाएर करणी गरेको दाबी गर्दै आएकी छन्।

प्रकाशित मिति : २०७८ फाल्गुन ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस