रोल्पामा अवैध रुपमा लगाएको अफिम खेती नष्ट

५वैशाख, रोल्पा । जिल्ला प्रहरी कार्यालय रोल्पाले अफिम खेती नष्ट गरेको छ ।

थबाङ गाउँपालिका वडा नम्बर ४ स्थित मालागिरी, जुत्तर , नयाँगाउँ र गुराँसे लगायतका क्षेत्रमा लगाएको लागु औषध अफिम खेति नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय सुलिचौरका प्रहरी नायव निरीक्षक लक्ष्मण वलिको कमान्डमा पोवाङ, उवा र थबाङबाट खतिएका २६ जनाको प्रहरीको टोलीले २ सय १० रोपनी क्षेत्र फलमा लगाएका अफिम खेती प्रहरीले नष्ट गरेको हो ।

यस अघि पनि रोल्पाको परिर्वतन गाउँपालिका —४ सिजाखोलामा करिब ९ कठ्ठा क्षेत्रफलमा लगाएको अफिम खेती प्रहरीले नष्ट गरेको थियो ।

प्रकाशित मिति : २०७९ बैशाख ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस