रोल्पामा माटोको ढिस्कोले पुरिदा दुई जनाको मृत्यु

२९जेठ, रोल्पा । रोल्पामा माटोको ढिस्को खस्दा एकै घरका दुई बालकको मृत्यु भएको छ ।

रोल्पाको परिवर्तन गाउँपालिका–५ दाउन्ने भिर स्थित भित्री सडक खन्ने क्रममा रोकिराखेको एक्साभेटरमा खेलिरहेका दुई बालकको माथिबाट खसेको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको हो ।

परिवर्तन गाउँपालिका–५ दाउन्नेभिर निवासी प्रकाश खड्काका छोरा ७ वर्षीय डेविड खड्का र २ वर्षीय इसान खड्काको माटोको ढिस्काले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस