थप ९० जनामा कोरोना संक्रमण

२१ असार, रोल्पा । नेपालमा पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९४४ जनाको पीसीआर परीक्षणमा ७३ जना र १ हजार १६८ जनाको एन्टीजेन परीक्षणमा १७ जना गरी ९० जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २०७९ असार २१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस