नागरिकता विधेयकको विरोधमा रोल्पामा जुलुस प्रदर्शन

१३साउन,रोल्पा । नागरिकता विधेयक खारेजीको माग गर्दै अखिल (छैठौं)ले रोल्पामा जुलुस प्रदर्शन गरेको छ ।

प्रतिनिधीसभा र राष्ट्रिय सभाबाट पारित गरिएको नागरिकता विधेयकले मुलुकको राष्ट्रियता, अखण्डता र स्वाभिमानमाथि गम्भीर आँच पुर्‍याउने भन्दै नेकपा (मसाल) निकट विद्यार्थी संगठन अखिल (छैठौं)ले रोल्पाको लिबाङमा जुलुस प्रदर्शन गरेको हो ।

नागरिकता विधेयकमा विवाह गर्ने वितिक्कै कुनै पनि विदेशीले तत्काल नागरिकता पाउने नीति राष्ट्रहित विपरित भएकाले स्विकारे नहुने उनीहरुले बताएका थिए ।

सबै नेपालीले नागरिकता पाउने कुरामा दुई मत नभएको तर विदेशीलाई नागरिकता बाढ्ने विषय अस्वीकार्य भएको अखिल (छैठौं)का केन्द्रिय अध्यक्ष देवेन्द्र कुँवरले बताएका थिए।

राष्ट्रिय जनमोर्चा रोल्पाको पार्टी कार्यालयबाट सुरु भएको मसाल जुलुस टुडिखेलमा पुगेको थियो। जुलुसमा अखिल (छैठौं)का केन्द्रीय नेताहरुको सहभागिता रहेको थियो ।

अखिल (छैठौं)को केन्द्रीय समितिको चौथो पूर्ण बैठकका लागि रोल्पाका आएका विद्यार्थी नेताहरुले नागरिकता विधेयकको विरोधमा मसाल जुलुस प्रदर्शन गरेका हुन ।

प्रकाशित मिति : २०७९ साउन १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस