५ माघ, रोल्पा । रोल्पा सुनछहरी गाउँपालिका वडा नम्बर ४ स्युरीमा कृषि प्रदर्शनी मेला सम्पन्न भएको छ । ‘‘ एक घर, कृषिमा आत्मनिर्भर व्यापार” भन्ने मूल उदेश्यका बुधबार प्रर्दशनी मेलाको आयोजना गरिएको थियो । मेलामा वडा नम्बर ४ का कृषकहरुले उत्पादन गरेको कृषि वस्तुहरुको प्रदर्शनीमा राखिएको थियो ।
प्रकाश कृषि उपज संकलन केन्द्रको आयोजना तथा आइएनएफ नेपाल रोल्पा र सुनछहरी गाउँपालिकाको सहयोग र ४ नं वडाको समन्वयमा मेलाको आयोजना गरिएको हो ।
मेलालाई सम्बोधन गर्दै सुनछहरी गाउँपालिका उपाध्यक्ष ननकला घर्तीले कृषिलाई उत्पादनसँग जोड्न सके स्वदेशमै रोजगारी सिर्जना हुनुका साथै आर्थिक उपलब्धी हाशिल गर्न सकिने बताएकी छन् ।
यस्तै वडा नम्बर ४ नं वडा अध्यक्ष हर्कराम बुढाले आर्थिक व्यवस्थापनको गतिलो विकल्प कृषि मात्र रहेकाले कृषि उत्पादनलाई अझै बृहत रुपमा वृद्धि गर्दै ८० प्रतिशत गरीवीको रेखामुनि रहेका स्युरीबासी नागरिकलाई आर्यआर्जनमा जोड्न सकिने बताए । कृषिलाई व्यवसायीक रुपमा अगाडी बढाउन सके आफ्नै गाउँमा रोजगारीको सिर्जना गर्न सकिने बुढाले बताए ।
आर्थिक समृद्धिका साथै आफैले उत्पादन गरेको अर्गानिक एवम पोषणयुक्त खानाले आफ्ना बालबालिकाको बौद्धिक विकासमा सहयोग गरि शिक्षा, स्वास्थ्य मा समेत राम्रो प्रगति उनले बताए ।


