फाइल तस्वीर
३०साउन, काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।राष्ट्रिय परिक्षा बोर्डको आज साढे ४ बजे बसेको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो ।
परीक्षा गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको थियो । परीक्षामा देशभरका ४ लाख ६७ हजार ३ सय विद्यार्थी सहभागी थिए ।
कक्षा १२ को नतिजामा ६ हजार ९७६ जनाले ३.६१ देखि ४ जीपीए ल्याएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार गत वर्ष भन्दा यस वर्ष३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी ०.७२ प्रतिशतले बढी छन् ।३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ३८ हजार ९९९ रहेको छ।
परीक्षा बोर्डले माथिल्लो जीपीए ल्याउने विद्यार्थीको संख्या बढेको बताएको छ। यस्तै १ लाख ८२ हजार ९२६ जना एनजी ल्याएका छन् ।
प्रकाशित मिति : २०८० साउन ३० गते मङ्गलवार


