रोल्पाको कोटगाउँमा बुद्ध मुर्ति प्रतिस्थापन (फोटो फिचर)

२९ वैशाख, रोल्पा। २५६९ बुद्ध जयन्तीकै दिन रोल्पा नगरपालिका-६ कोटगाउँको कोटालिम डाँडामा पहिलो पटक बुद्ध मुर्ति प्रतिस्थापन गरिएको छ । बुद्ध गुम्बा उद्घाटन सँगै बुद्ध मुर्ति अनावरण गरिएको हो ।

लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री एवं प्रदेश सांसद दिपेन्द्रकुमार पुनले बुद्ध मुर्तिको अनावरण गरे । बुद्ध जयन्तीको तिथि पारेर रिबन काटेर बुद्ध गुम्बाको उद्घाटन गरियो । शान्ति बिहार तथा ध्यान केन्द्र स्थापना गर्न गुम्बा र मुर्ति राखिएको छ ।

शान्ति बिहार तथा ध्यान केन्द्र रोल्पा र बिडिए साँस्कृतिक संरक्षण केन्द्र नेपाल घोराही दाङको संयुक्त आयोजनामा शुभकामना आदान प्रदान गरियो ।

कार्यक्रमका प्रमुख अतिथि सांसद पुनले बुद्ध दर्शनको ठूलो महत्त्व रहेको बताए । स्थानीय बाजागाजा सहित गुम्बा स्थल पुगेका थिए । ध्यान केन्द्रका अध्यक्ष हर्क बुढा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव मानसिंह बिकले गरेका थिए भने कोषाध्यक्ष खुस्मा पुनले गरेका थिए ।

प्रकाशित मिति : २०८२ बैशाख २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस