खिमराजको उपचारका लागि ३ लाख ७५ हजार बढी सहयोग  

२९वैशाख, रोल्पा। मस्तिष्कघात र मेरुदण्ड सम्बन्धी प्राणघातक रोगबाट ग्रसित व्यक्तिको उपचारको लागि विष्णुप्रसाद गौतमको अगुवाइमा विभिन्न व्यक्तिहरुबाट संकलित रकम हस्तान्तरण गरिएको छ।

रोल्पाको सुनिलस्मृति गाउँपालिका-४ कोईरालखर्क  निवासी चित्रबहादुर महराको छोरा वर्ष २३ का खिमराज महराको उपचारका लागि संकलित रकम मंगलबार हस्तान्तरण गरिएको हो ।

उनको उपचारको लागि विभिन्न व्यक्तिबाट ३ लाख ७५ हजार ४ सय बढी रकम संकलन भएको थियो । अभियानबाट संकलित रकम सुलिचौरमा एक कार्यक्रम गरि परिवारलाई हस्तान्तरण गरिएको अभियान्ता मनिष बिष्टले बताएका छन्।

बिरामी महराको नेपाल भारत मैत्री हस्पिटल काठमाडौंमा उपचार भैरहेको बिष्टले बताए।

प्रकाशित मिति : २०८२ बैशाख ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस