४ साउन, रोल्पा । रोल्पामा पहिरोले घर पुरिदा एक जनाको मृत्यु भएको छ ।
लगातारको वर्षापछि आइतबार विहान आएको पहिरोले घर पुरिदा थबाङ गाउँपालिका ४ उवा, थापाखर्कका ७२ वर्षीय गोठे घर्तीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रवक्ता रोहित कुमार शाहीका अनुसार भान्सा घरमा बसी रहेका घर्तीमगको घर माथीबाट आएको पहिरोले घर पुरिदा मृत्यु भएको बताए ।
घटनास्थलमा अहिले प्रहरी हवल्दारको नेतृत्वमा ५ जनको टोली र स्थानीयले उदार कार्य जारी राखेका छन् । घर्तीमगरको परिवार अर्को गोठमा रहेकाले सुरक्षित रहेको प्रहरी प्रवक्ता शाहीले बताएका छन्।
घटनाको थप विवरण आउन बाँकी छ। शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल रेउघामा ल्याउने तयारी भईरहेको प्रहरी प्रवक्ता शाहीले बताए।
प्रकाशित मिति : २०८२ साउन ४ गते आइतवार


