मार्बन विष्टको उपचारको लागि सहयोग

४ साउन, रोल्पा। अम्मिसरा स्मृति हेल्प फाउण्डेशनले मार्बन विष्टको उपचार्थ सहयोग रकम हस्तान्तरण गरेको छ । केहीसमय अघि नुहाउने क्रममा लडेर मेरुदण्डको भाग भाचिएर हाल उपचारको क्रममा रहेको सुनिलस्मृति गाउँपालिका ४ का ओम प्रकाश विष्टका १७ वर्षिय छोरा मार्बनको उपचारका लागी सो संस्थाले १० लाख ३८ हजार बराबरको रकम उपचारका लागि हस्तान्तरण गरेको हो ।

संस्थाका आजिवन सदस्य मनिस विष्टले चलाएको अभियानबाट सो परिणाममा रकम जम्मा भएको अम्मिसरा स्मृति हेल्प फाउण्डेशनले जनाएको छ । पारिवारिक स्रोतको अनुसार उपचारार्थ बिरामी विष्टको उपचारको लागि धेरै रकम खर्च गरिसकेको बताएका छन् ।

सोही अबसरमा नेपाल रेडक्रस सोसाइटी सुलिचौर उपशाखाले पनि सहयोग गरेको थियो । रेडक्रसले चलाएको अभियानबाट संकलित १५ हजार ९ सय २० रुपैयाँ रकम बिरामी विष्टको उपचारका लागि प्रदान गरेको हो ।

प्रकाशित मिति : २०८२ साउन ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस