लिजाको नतिजामा रोल्पा नगरपालिका उत्कृष्ट

फाइल तस्विर

७ भदौ, रोल्पा । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)को नतिजामा जिल्लामा रोल्पा नगरपालिका उत्कृष्ट भएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷८१ को नतिजा अनुसार सो नगरपालिका जिल्लामा उत्कृष्ट भएको हो । जिल्लाका दश स्थानीय तह मध्ये रोल्पा नगरपालिका प्रथम स्थानमा रहेको छ भने माडी गाउँपालिका अन्तिम स्थानमा रहेको छ ।

स्वमूल्याङ्कनमा जिल्लामा उत्कृष्ट हुने रोल्पा नगरपालिकाले ८६.२५ अंक प्राप्त गरेको छ भने सबैभन्दा कम अंक प्राप्त गर्ने माडी गाउँपालिकाले ७५.२५ अंक प्राप्त गरेका छन् ।

त्यस्तै गंगादेव गाउँपालिका ७९.२५ अंक, त्रिवेणी गाउँपालिका ३.५ अंक, लुंग्री गाउँपालिका ८४.५ अंक, त्रिवेणी गाउँपालिका ८३.५ अंक, सुनिलस्मृति गाउँपलिका ८२.२५ अंक, सुनछहरी गाउँपालिका ८१.५ अंक, परिवर्तन गाउँपालिका ८०.२५ अंक, रुन्टीगढी गाउँपालिका ७८.२५ अंक र थबाङ गाउँपालिकाले ७८.२५ अंक हासिल गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रत्येक आर्थिक वर्षमा शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वय लगायतका विषयहरूलाई मूल्याङ्कनको आधार मानेर नतिजा सार्वजनिक गर्ने गर्दछ ।

रोल्पा नगरपालिकाले शासकीय प्रवन्धमा ९, संगठन तथा प्रशासनमा ६, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनान १०, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा १०.७५, सेवा प्रवाह १२, न्यायिक कार्यसम्पादनमा ७, भौतिक पूर्वाधारमा ९, सामाजिक समावेशीकरणमा १० वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ७ र सहकार्य र समन्वय ५.५ अंक प्राप्त गरेको छ ।

लुंग्री गाउँपालिकाले शासकीय प्रवन्धमा ९, संगठन तथा प्रशासनमा ६.५, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ८, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा १०.२५, सेवा प्रवाहमा १३.५, न्यायिक कार्यसम्पादनमा ७, भौतिक पूर्वाधारमा ८.५, सामाजिक समावेशीकरणमा ९.५०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ८ र सहकार्य र समन्वयमा ४.२५ अंक प्राप्त गरेको छ ।

त्रिवेणी गाउँपालिकाले शासकीय प्रवन्धमा ९, संगठन तथा प्रशासनमा ७, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ८, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा १०.५, सेवा प्रवाहमा १३.५, न्यायिक कार्यसम्पादनमा ७, भौतिक पूर्वाधारमा ७, सामाजिक समावेशीकरणमा १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ६ र सहकार्य र समन्वय ५.५ अंक हासिल गरेको छ ।

त्यस्तै सुनिलस्मृति गाउँपलिकाले शासकीय प्रवन्धमा ८.५, संगठन तथा प्रशासनमा ८, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ७.५, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा १०.७५, सेवा प्रवाहमा ११, न्यायिक कार्यसम्पादनमा ७, भौतिक पूर्वाधारमा ९, सामाजिक समावेशीकरणमा १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ८ र सहकार्य र समन्वयमा २.५ अंक प्राप्त गरेको छ ।

सुनछहरी गाउँपालिकाले शासकीय प्रवन्धमा ९, संगठन तथा प्रशासनमा ७.५, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ६.५, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा १०, सेवा प्रवाहमा १२, न्यायिक कार्यसम्पादमा ६, भौतिक पूर्वाधारमा ८, सामाजिक समावेशीकरणमा १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ७ र सहकार्य र समन्वयमा ५.५ अंक प्राप्त गरेको छ ।

परिवर्तन गाउँपालिकाले शासकीय प्रवन्धमा ९, संगठन तथा प्रशासनमा ७, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ८.५, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा ११, सेवा प्रवाहमा १३, न्यायिक कार्यसम्पादनमा ७, भौतिक पूर्वाधारमा ५, सामाजिक समावेशीकरणमा १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ५.५ र सहकार्य र समन्वयमा ४.२५ अंक प्राप्त गरेका छ ।

गंगादेव गाउँपालिकाले शासकीय प्रवन्धमा ९, संगठन तथा प्रशासनमा ७, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ७.५, वित्तीय एवम् आर्थिक व्यवस्थापन ९, सेवा प्रवाह १२, न्यायिक कार्यसम्पादनमा ७, भौतिक पूर्वाधारमा ६.७५, सामाजिक समावेशीकरणमा ८.५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ७.५ र सहकार्य र समन्वयमा ५ अंक हासिल गरेको छ ।

थबाङ गाउँपालिकाले शासकीय प्रवन्धमा ८.५, संगठन तथा प्रशासनमा ७.५, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ६.५, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा ११, सेवा प्रवाह १३.५, न्यायिक कार्यसम्पादनमा ६.५, भौतिक पूर्वाधारमा ७ सामाजिक समावेशीकरणमा ८ वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ६ र सहकार्य र समन्वयमा ४ अंक हासिल गरेको छ ।

रुन्टीगढी गाउँपालिकाले शासकीय प्रवन्धमा ८.५, संगठन तथा प्रशासनमा ६.५, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ७.५, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा १०.७५, सेवा प्रवाहमा १२.२५, न्यायिक कार्यसम्पादनमा ६.५, भौतिक पूर्वाधारमा ८.५, सामाजिक समावेशीकरणमा ९, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ६ र सहकार्य र समन्वयमा ३ अंक हासिल गरेको छ ।

त्यस्तै माडी गाउँपालिकाले ७५.२५ शासकीय प्रवन्धमा ८, संगठन तथा प्रशासनमा ६.५०, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ७, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा १०.७५, सेवा प्रवाहमा १३.५०, न्यायिक कार्यसम्पादनमा ७ भौतिक पूर्वाधारमा ५, सामाजिक समावेशीकरणमा ९.५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ३ र सहकार्य र समन्वयमा ५ अंक हासिल गरेको छ ।

प्रकाशित मिति : २०८२ भाद्र ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस