३१असाेज, रोल्पा । जनएकता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सुलिचौर रोल्पाको १४ औँ वार्षिक साधारणसभा तथा ५ औँ अधिवेशन शनिबार सुलिचौरमा सम्पन्न भएको छ ।
रोल्पाको सुलिचौरमा सम्पन्न सभाको उद्घाटन गर्दै प्रमुख अतिथि सुनिलस्मृति गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष दुर्गाबहादुर विष्टले सहकारी क्षेत्रमा देखिएको विकृतीलाई चिर्दै सहकारी सञ्चालन गर्नुपर्ने बताए ।
उनले देशको वर्तमान अवस्थालाई मध्यनगर गर्दै सहकारी सञ्चालकहरुले त्यस खालको अवस्थालाई सामना गदै अघि बढ्ने पर्ने बताए । सहकारी सञ्चालनहरुले सहकारी सम्बन्धी बनेका नियमको पूर्ण पालना गर्दै काम कारबाहीलाई अगाडी बढ्न विष्टले सुझाव दिए। उनले सरकारीहरू सरकारको नीति–नियम अनुसार चल्न आवश्यक रहेको समेतबताए ।
सहकारी संघसंस्थाले देशको आर्थिक समृद्धिका लागि ठूलो टेवा पु¥याएको छ । वडा अध्यक्ष विष्टले भने, सहकारीले गरिबी न्यूनीकरण र समग्र आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पु¥याएको बताउँदै सहकारीका सदस्य, सञ्चालक र यसमा आबद्ध कर्मचारीहरुले सहकारी संस्थालाई आफ्नै सम्झेर कर्तव्य निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।
सो सहकारी संस्थाका अध्यक्ष आकाश गिरीले संस्थाको आर्थिक तथा वार्षिक प्रतिवेदन प्रस्तुत गरेको थिए । सहकारीले उत्कृष्ट बाल बचत कर्ताका, उत्कृष्ट ऋणी सदस्य र उत्कृष्ट नियमित बचत कर्ता रुपमा प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।सहकारी प्रत्येक वर्ष दलित सम्बन्धी जनचेता मूलक कार्यक्रम गर्ने बतएको छ ।
सहकारीको १४ औँ वार्षिक साधारणसभा तथा ५ औँ अधिवेशनमा जिल्ला सहकारी संघ रोल्पाको सचिव फतेप्रचण्ड घर्ती, चेतना बचत तथा ऋण सहकारी संस्था लि. अध्यक्ष दिपेश विष्ट, नागरकि बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष प्रकाश घर्तीमगर, रोल्पा उद्योग वाणिज्य संघका महासचिव इन्द्रबहादुर महरा लगायतले शुभाकामना मन्तव्य दिएका थिए । भने कार्याक्रमको सञ्चालन धिरज घर्तीमगरले गरेका थिए ।


