रोल्पामा दुई जनाले लिए उम्मेदवारी फिर्ता

९माघ, रोल्पा । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्वतन्त्र उम्मेदवार मनोनयन दर्ता गरेका रोल्पाका दुई जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

माघ ६ गते प्रतिनिधिसभा सदस्यको लागि स्वतन्त्र उम्मेदवारी दिएका आसबहादुर पुन र दलबहादुर खत्रीले आफ्नो उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश विनोद खतिवडाले जानकारी दिएका छन् ।

रोल्पामा दुई स्वतन्त्र सहित १२ जनाले मनोनयन दर्ता गराएका थिए । दुई जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै जिल्ला १० राजनीति दल चुनावी मैदान उत्रिएका छन्।

एक प्रतिनिधि निर्वाचन क्षेत्र रहेको रोल्पा ७४ हजार ९ सय ७ महिला र ७४ हजार ६ सय ९० पुरुष गरी कुल १ लाख ४९ हजार ५ सय ९७ कल मतदाता रहेका छन ।

जिल्लाभर ८६ मतदान स्थल र १८० मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय रोल्पाले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ माघ ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस