१ फागुन, रुकुम पूर्व। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले इतिहासको सहि सम्मानसँगै र वर्तमान जोडेर मात्रै राष्ट्रको भविष्य सुदृड हुने बताएका छन् ।
प्रतिनिधिसभा निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवारसमेत रहेका दाहालले भूमे गाउँपालिका २, खाबाङ बगरमा ३०औँ `जनयुद्ध´ दिवसको अवसरमा आयोजित कार्यक्रममालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले फागुन १ केवल गौरवमय अतीतको स्मरण मात्र नभई वर्तमानको जिम्मेवारी र भविष्यको मार्गदर्शनसमेत भएको उल्लेख गरे।
उनले सामन्ती राज्यसत्ताविरुद्ध स्वतन्त्रता, समानता र न्यायका पक्षमा नेपाली जनताले ऐतिहासिक विद्रोहको मसाल यही दिन प्रज्वलित गरेको बताए।
प्रकाशित मिति : २०८२ फाल्गुन १ गते शुक्रवार


