२१फागुन, रोल्पा । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भएको जारी मतदानमा रोल्पामा साढे १० बजेसम्म बजेसम्म १० प्रतिशत मत खसेछ।
निर्धारित समयमै मतदान सुरु भएको रोल्पाका मतदान केन्द्रहरुमा साढे १०बजेसम्म १०प्रतिशत मत खसेको रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए। जिल्लाभर शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।
एउटामात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रोल्पामा १० राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा छन् ।
१ लाख ४९ हजार ५ सय ९७ मतदाता रहेको रोल्पामा अहिलेसम्म १५ हजार १ सय ३१ मत खसेको छ । जिल्लाभर ८६ मतदान स्थल र दुई स्थायी सहित १८२ मतदान केन्द्र रहेका छन् ।
प्रकाशित मिति : २०८२ फाल्गुन २१ गते बिहिवार


