रोल्पा । जिल्ला कारागार रोल्पामा रहेको अस्थायी मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ ।
कारागारमा शतप्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रोल्पाले जानकारी दिएको छ ।
कारागारमा रहेका ५५ जना कैदीबन्दी र ३ जना कर्मचारी गरी ५८ जनाले मतदान गरेका छन् ।
५३ जना पुरूष र ५ जना महिला मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय रोल्पाले जनाएको छ ।
प्रकाशित मिति : २०८२ फाल्गुन २१ गते बिहिवार


