रोल्पामा ४ सय ६१ कुकुरको बन्ध्याकरण

२२ वैशाख, रोल्पा। रोल्पामा ४ सय ६१ कुकुरको बन्ध्याकरण गरिएको छ। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र रोल्पाले जिल्लाका चार स्थानीय तहमा कुकुर बन्ध्याकरण शिविर सञ्चालन गरेको हो।

विज्ञ केन्द्रका अनुसार रोल्पा नगरपालिकामा १ सय २०, सुनिलस्मृति गाउँपालिकामा ५८, लुंग्री गाउँपालिकामा १ सय २७ र परिवर्तन गाउँपालिकामा १ सय ५६ वटा घरपालुवा तथा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ।

विज्ञ केन्द्रका प्रतिनिधि मतिलाल कुवरका अनुसार जिल्लाका विभिन्न स्थानमा रहेका घरपालुवा तथा सडक कुकुरहरूको स्थायी बन्ध्याकरण गरिएको हो।

रेविज रोग नियन्त्रण तथा कुकुरको अनियन्त्रित वृद्धि रोक्ने उद्देश्यले सामुदायिक तथा घरपालुवा कुकुरको बन्ध्याकरण अभियान सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र रोल्पाले जनाएको छ।

प्रकाशित मिति : २०८३ बैशाख २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस